Comments Add Comment

नारायणी अस्पतालमा जनरल सेवा सञ्चालन गर्न चिकित्सक संघको माग

जनरल सेवा बन्द भएपछि अस्पतालले फर्काएका बिरामीलाई अन्यन्त्र लैजाँदै गरेको दृश्य । 

२० वैशाख, वीरगञ्ज । लेभल २ कारोना अस्पताल घोषणा भएपछि नारायणी अस्पतालबाट प्रदान हुने अन्य जनरल सेवा ठप्प छ । नारायणीबाट प्रदान हुने सेवा सरकारी दर र सहुलियतमा प्रदान गर्ने जिम्मेवारी नेशनल मेडिकल कलेजलाई दिइएको छ ।

नेशनल मेडिकल कलेज वीरगञ्जको पूर्वी भागमा पर्छ । सवारी साधन नचलेको समयमा निजी सवारी साधन हुने सर्वसाधरण त्यहाँ उपचारका लागि पुग्न निकै कठिन छ । त्यसमाथि नेशनलले भरपर्दो सेवा नदिइरहेको गुनासो आइरहेको छ ।

घनावस्तीको बीचमा रहेको नारायणी अस्पतालमा कोरोना संक्रमित मात्र भर्ना हुने अवस्थाले प्रसूती लगायत अन्य जनरल सेवाका रोगीहरु उपचारबिहीन भएको जनगुनासो दिनप्रति दिन बढ्दै गएको छ । यसैकुरालाई मध्यनजर गरेर नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले नारायणीमा पुनः जनरल सेवा सुचारु गर्न माग गरेको हो ।

शाखा सचिव डा. उदय नारायण सिंहले नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्टको ध्यानाकर्षण गराउँदै जनअपेक्षा अनुरुप नारायणी अस्पतालमा अविलम्ब जेनरल सेवाहरु सुचारु गर्न माग गरेका छन् ।

‘जनरल सेवा सञ्चालन नहुँदा प्रसूती लगायत अन्य सेवाका रोगीहरु उपचारबिहीन बनेको र विकल्पको रुपमा प्रस्तुत गरिएको अस्पताल तथा स्वास्थ्य संस्थाहरुले अपेक्षा अनुरुप सस्तो सुलभ र स्तरीय सेवा प्रवाह गर्न नसकेको जनगुनासो आइरहेको छ,’ उनले भने, ‘त्यसैले नारायणीमा जनरल सेवा सुचारु गर्न माग गरेका हौं ।’

प्रदेश नं २ को एक मात्र महमानगरपालिका वीरगञ्जस्थित नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट तथा छिमेकी मुलुक भारतको सीमावर्ती जिल्लावासीहरुको स्वास्थ्य उपचारको लागि पहिलो रोजाइमा पर्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment