Comments Add Comment

प्रदेश २

List Grid
नारायणी अस्पतालमा जनरल सेवा सुरु गर्न ढिलाइ किन ?

१७ जेठ, पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । अस्पताल निःसंक्रमण (स्यानिटाइज्ड) गर्ने काम दैनिक जारी छ । स्वास्थ्य मन्त्रालयले पनि नारायणीलाई पत्राचार गरेर बहिरंग लगायतका सेवा सुरु गर्न निर्देशन दिइसकेको छ । तर तत्काल सबै सेवा सुरु गर्न जनशक्ति अभाव छ । त्यसैले विरामी भर्ना गरिहाल्नु […]

ठुटे खाेलाको पुल सञ्चालन गर्न खोज्दा भारतीय पक्षको अवरोध

१६ जेठ, वीरगञ्ज । वीरगञ्ज–ठोरी हुलाकी सडक खण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलाको पुल सञ्चालनमा भारतीय पक्षले फेरि अवरोध गरेको छ । नेपाली भूमिमै निर्माण गरिएको पुल जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो । पुल तीन वर्षअघि नै निर्माण सम्पन्न भएको थियो । बिहीबार साँझ भारतबाट हतियारसहित बर्दीमा नेपाली भूमिमा छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध […]

७६ संक्रमितलाई निको बनाएका वीरगञ्ज कोभिड अस्पतालका नर्सहरूको अनुभव

१५ जेठ, वीरगञ्ज । प्रदेश नम्बर २ मा वीरगञ्जस्थित नारायणी अस्पतालले पहिलो पटक कोभिड संक्रमितको उपचार सुुरु गरेको थियो । ०७६ चैत २९ गते वीरगञ्जमा पहिलो पटक तीनजना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको थियो । उनीहरूलाई नै अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो । वैशाख १ गते रौतहटबाट थप एकजना संक्रमित भर्ना भएका […]

क्वारेन्टिन निर्माणको विषयमा रौतहटमा झडप, प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर

१५ जेठ, रौतहट । रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा विवाद उत्पन्न भए पछि झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ । कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएर झडप भएको हो । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टिन […]

गाइडलाइन नहुँदा नारायणीबाट जनरल सेवा सञ्चालन गर्न समस्या

१५ जेठ, काठमाडौं । कोरोना महामारी फैलँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक पूर्वधार रहेका देशभरका केही अस्पतालहरूलाई अस्थायी कोभिड अस्पतालको रूपमा रूपान्तरण गर्दै संक्रमितहरूको उपचार गराउन सुरुवात गर्‍यो । अस्थायी कोभिड अस्पतालहरूमा सरकारले आवश्यक भौतिक पूर्वाधारदेखि लिएर स्वास्थ्य सामग्रीहरू पनि व्यवस्थापन गर्दै लगेको अवस्था छ । तर पनि संक्रमितहरूलाई राखेर उपचार गराउने व्यवस्था अझै […]

प्रधानमन्त्रीलाई मुख्यमन्त्री राउतको पत्र : विशेष आर्थिक प्याकेज चाहियो

१५ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विशेष आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गरेका छन् । भारत सहित तेस्रो मुलुलकमा वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने भन्दै उनले युवा […]

संक्रमित आइसोलेसन पुगिसके, मन्त्रालयले दिएन जानकारी

१४ जेठ, सप्तरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एकै पटक ९० जना कोरोना संक्रमण देखापरेको भन्दै तथ्यांक सार्वजनिक गर्‍यो । मन्त्रालयका अनुसार प्रदेश २ का रौतहट, धनुषा, बारा, सिरहामा संक्रमित भेटिएका छन् । तर, प्रदेश २ कै सप्तरीमा मंगलबार पुष्टि भएका ११ जना संक्रमितबारे मन्त्रालयले हालसम्म औपचारिक जानकारी दिएको छैन । सप्तरीमा मंगलबार एक […]

धनुषाको जटही नाकामा तनाव

१४ जेठ, जनकपुरधाम । धनुषाको जटही नाकामा तनाव भएको छ । भारतबाट आएका नेपालीले सीमामा रोकिएको आक्रोसमा प्रहरीमाथि ढुंगामुढा गरेपछि त्यहाँ तनाव भएको हो । सीमामा भोकभोकै बस्नुपरेको भन्दै भारतबाट आएका नेपालीले प्रहरीका साथै एम्बुलेन्समा पनि तोड्फोड गरेका छन् । भारतबाट आएका एक गम्भीर बिरामी लिन पुगेको ज.१त १२१३ नम्बरको एम्बुलेन्समा उनीहरूले तोड्फोड गरेका हुन् […]

पर्साको जिराभवानीमा सरकारी राहत नपाएको गुनासो

१३ जेठ, वीरगञ्ज । पार्साको जिराभवानी गाउँपालिक-१ को पकडी टोलका सुकुम्बासी, विपन्न माझी मुसहर तथा धांगड (उराँव)ले आफूहरुले सरकाी राहत नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरी गरेर जीवन निर्बाह गर्दै आएका आफूहरुको रोजीरोटी लकडाउनले खोसेको तर कसैले राहतको नाममा एक चम्चा नुनसमेत वितरण नगरेको उनीहरुको गुनासो छ । राहत नपाएको गुनासो आएपछि भोर सँस्थाले […]

रक्सौलमा अलपत्र नेपालीलाई वीरगञ्ज भित्र्याइयो

१४ जेठ, वीरगञ्ज । रक्सौल नाकामा अलपत्र नेपालीहरुलाई वीरगञ्ज ल्याउने क्रम सुरु भएको छ । वीरगञ्जसँग सिमाना जोडिएको भारतको रक्सौलस्थित क्वारेन्टाइनमा लामो समयदेखि बस्दै आएका नेपालीहरुलाई वीरगञ्ज भित्र्याउने क्रम सुरु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । सहायक प्रजिअ बस्नेतका अनुसार अहिलेसम्म २ सयको हाराहारीमा नेपालीहरु वीरगञ्ज भित्री सकेका छन् । […]

स्यानिटाइज गरियो नारायणी अस्पताल, नियमित सेवा सुरु गर्न अन्योल

१४ जेठ, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीहरु सबै डिस्चार्ज भएपछि वीरगञ्जस्थित नारायणी अस्पताललाई स्यानिटाइज गरिएको छ । तर अस्पतालका डाक्टरहरु भने माथिल्लो निकायबाट गाइडलाइन नआएकाले नियमित सेवा कसरी सुरु गर्ने भन्ने अन्योलमा छन् । आइतबार १८ संक्रमित र सोमबार ४३ संक्रमित उपचारपछि घर फर्किएपछि नारायणी अस्पताल अहिले खाली छ । अन्य ३० जना […]

पर्सामा थप २१ जना कोरोनामुक्त, गण्डक अस्पतालबाट डिस्चार्ज

१४ जेठ, वीरगञ्ज । पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि कोरोना  भाइरसमुक्त भएका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन् । उनीहरुलाई राति नै डिस्चार्ज गरिएको छ । गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए । […]

सप्तरीमा गर्भवती महिलाको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

१३ जेठ, सप्तरी । सप्तरीमा कोरोना भाइरसको शंकास्पद लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया महिलाको मंगलबार घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार उनलाई कोरोना संक्रमणका जस्तै लक्षण देखापरेको थियो । ‘निरन्तर ज्वरो आउने, श्वास लिन समस्या हुने समस्या […]

४ महिने शिशुदेखि ६६ वर्षीय वृद्धले जिते कोरोना, एकै परिवारका १८ जना डिस्चार्ज

१२ जेठ, वीरगञ्ज । कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ […]

बारामा एकैदिन थपिए २३ संक्रमित, महागढीमाईमा मात्रै २१ जना

१२ जेठ, वीरगञ्ज । बारामा एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान ७२ जना नयाँ संक्रमण पुष्टि भएको सूची सार्वजनिक गरेको छ । यी ७२ मध्ये २३ जना बाराको रहेको उल्लेख छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षण अनुसार बाराको महागढीमाई नगरपालिकाका–२१ र […]

कोराविरुनाविरुद्ध लड्न वीरगञ्ज महानगरले बाँड्यो चेयवनप्रास

११ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले कोरोना संक्रमितको इम्युनिटी पावर बढाउन चेयवनप्रासलगायतका अन्य जडीबुटी उपलब्ध गराएको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि कोरोना संक्रमितहरुलाई ५०० ग्राम चेयवनप्रास र ६० ट्याबको दरले इम्युनी केयर उपलब्ध गराइएको मेयर विजयकुमार सरावगीले जानकारी दिए । इम्युनिटी पावर बलियो व्यक्तिले सहजै कोरोनालाई जित्ने विश्वास रहेका कारण अस्पतालमा उपचाररत […]

ठोरीका २३० गर्भवतीलाई पौष्टिक आहार

११ जेठ, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाका २३० जना गर्भवतीहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष शान्तिमाया थिङले पाँचवटै वडाका गर्भवतीलाई एक माना घ्यू र एक क्रेट अण्डा उपलब्ध गराएकी हुन् । लकडाउनका कारण गर्भवतीहरुलाई चाहिने अत्यावश्यकीय पौष्टिक आहार सहजै उपलब्ध नहुने अवस्थालाई मध्यनजर गर्दै पौष्टिक आहार वितरण गरिएको उनले बताइन् । विभिन्न […]

कोरोना संक्रमित आफैँले सफा गरे नारायणी अस्पताल

११ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरू आफैँले अस्पताल हाताभित्र सरसफाइ गरेका छन् । संक्रमितहरूले आफू बस्ने आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट शनिबार सफा गरेका हुन्। अस्पतालले गाइने वार्डको तीन वटा कोठालाई आइसोलेसन वार्ड बनाएर २३ जना संक्रमितलाई राखेको छ। अस्पतालमा भर्ना भएयता अहिलेसम्म एकपटक पनि आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट […]

वीरगञ्जमा कबाडी गोदाममा आगलागी

१० जेठ, वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित एक कबाडी गोदाममा शनिबार अपराह्न आगलागी भएको छ । अपरान्ह ३ बजेको समयमा हिरालालप्रसाद साह सोनारको प्लास्टिकको कबाडी गोदाममा आगलागी भएको पर्साका डीएसपी वीरेन्द्रबहादर शाहीले जानकारी दिए । सोनारले अरुको जमिन भाडामा लिएर सञ्चालन गरेको प्लास्टिकको कबाड गोदाममा आगलागी हुँदा करिब एक लाख पचास हजार बराबरको क्षति भएको हुन […]

बाराका पत्रकारको श्रीमतीलाई पनि कोरोना संक्रमण

१० जेठ, वीरगञ्ज । बारामा शनिबार बिहान थपिएका एक जना कोरोना संक्रमित महिला यसअघि संक्रमित भएका पत्रकारको श्रीमती रहेको पाइएको छ । संक्रमण पुष्टि भएपछि करैमाई निवासी ३७ वर्षीया महिलालाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका दुई छोरा र दुई छोरीको रिपोर्ट भने नेगेटिभ आएको छ […]

भारतबाट आएका थिए बाराका संक्रमित

१० जेठ, काठमाडौं । बारामा शुक्रबार राति थपिएका सबै ६ जना कोरोना संक्रमितहरु भारतबाट आएको खुलेको छ । दिल्लीबाट एक जना, मुम्बईबाट ३ जना र हरियाणाबाट २ जना संक्रमित आएका थिए । सिम्रौनगढ नगरपालिका वडा ११ का २२ वर्षीय युवक रौतहटको बन्जरीया नाका हुँदै जेठ १ गते नेपाल भित्रिएका थिए । अन्य पाँच जना भने […]