+
+
Shares

सडक डिभिजन कार्यालय लहानले तोड्यो ५ रुग्ण ठेक्का

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ जेठ ८ गते ११:१४

८ जेठ, सप्तरी । सडक डिभिजन कार्यालय लहानले ठेक्का सम्झौता गरी काम नगरेर अलपत्र पारिएका ५ रुग्ण ठेक्का तोडेको छ । ठेक्का तोडिएका सडक आयोजनाहरु आर्थिक वर्ष २०७२/७३ देखि २०७८/७९ मा सम्झौता भएका थिए ।

सम्झौता अनुुसार काममा प्रगति नभएपछि कार्यालयले ठेकेदार कम्पनीलाई ठेक्का किन नतोड्ने ? भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ ।

सप्तरीको शम्भुनाथस्थित साह इन्जिनियर कन्स्ट्रक्सनले ठेक्का लिएका राजबिराज हुमाननगर–भारदह सडक, रूपनी–राजबिराज सडक र राजबिराज छिन्नमस्ता सडकको ठेक्का तोडिएको छ ।

यस्तै सप्तरीकै बलुवाही खोला ललापट्टी पुल निर्माणको ठेक्का  पाएको यकथुवाहाङ्ग बिपी जेभी लहानसँगको पनि ठेक्का तोडिएको छ ।

यसैगरी उदयपुर जिल्लाको कोजोमा खोला पुल निर्माणको ठेक्का लिएको वाईपी विकास ब्रदर बजरंगी जेभी जनकपुरधामसँगको पनि ठेक्का तोडिएको छ ।

ती कम्पनीलाई कालोसूचीमा राख्ने धरौटी रकम, पेश्की जमानत जफत गर्ने, पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्ने र बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने सडक डिभिजन कार्यालय लहानले जनाएको छ । ती प्रक्रियाका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्माण व्यवसायीलाई निर्देशन समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?