+
+
Shares

‘पाँच हजारसम्मको सामान ल्याउँदा भन्सार शुल्क मिनाहा हुनुपर्दछ’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते ९:५८

२२ जेठ, काठमाडौं । जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवले सीमा क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानको भन्सार मूल्य पाँच हजार कायम गर्नुपर्ने बताएका छन् ।

एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार रकम लिएको भन्दै त्यसको विरोध भएको थियो । सरकारले हाल पाँच सय रुपैयाँ सम्मको समान ल्याउँदा भन्सार शुल्क नलाग्ने बनाएको छ ।

भन्सारको सीमा पाँच हजार रुपैयाँ पुर्‍याउनु पर्ने जनअधिकार पार्टीका अध्यक्ष यादवको भनाइ छ । उनी भन्छन्,‘पाँच सय रुपैयाँ बनाएर सरकारले मधेसका सीमा बस्ने जनतालाई फेरि ठगेको अवस्था छ । पाँच हजारसम्मको समान ल्याउँदा कर मिनाहा हुनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?