+
+
Shares

बाढी प्रभावितको उपचारमा रगत अभाव हुन नदिन ढल्केवरमा रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ८:१०

२२ भदौ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा २२५ जनाले रक्तदान गरेका छन् । रसुवाको विनाशकारी बाढीका कारण घाइते तथा प्रभावितको उपचारमा रगत अभाव हुन नदिने उद्देश्यले आइतबार वृहत् रक्तदान कार्यक्रम गरिएको हो ।

स्थानीयवासी, व्यवसायी, युवा, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतले रक्तदान गरेका हुन् ।

कार्यक्रममा रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको सकुशल उद्धारको कामना गरिएको थियो ।

‘रक्तदान जीवनदान’ नारासहित आयोजित कार्यक्रम मिथिला लायन्स क्लब, ढल्केवर खानेपानी उपभोक्ता समिति, मिथिला उद्योग वाणिज्य संघ, मिथिला ब्याडमिन्टन क्लब, मिथिला नगर पत्रकार सञ्जाल, मधेश प्रदेश उद्योग परिसंघ, मिथिला युवा सञ्जाललगायत संस्थाको सहकार्यमा भएको हो । नेपाल रेडक्रस सोसाइटी धनुषा र ब्लड फोर नेपालको प्राविधिक सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?