News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यभन्दा बढी हो।
- कार्यालयले असोजमा इन्धन आयातबाट २ अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिनुभयो।
- असोजसम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ।
११ कात्तिक, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले २६ अर्ब ४६ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिनुभयो ।
त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ । चाडबाडलगायतका कारणले पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलनमा सफलता हासिल गरेको हो ।
प्रतिक्रिया 4