+
+
Shares

नागरिक शान्ति-सुरक्षा र स्वास्थ्यकर्मीहरूको पेसागत सुरक्षा गर्न आजपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते ९:५४

१४ साउन, काठमाडौं । आम जनता पार्टी पर्सा जिल्ला कमिटीले पर्सास्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, सो घटनापश्चात् विरोधमा उत्रिएका चिकित्सकहरुमाथि प्रहरी प्रशासनबाट भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकार्षण जनाएको छ ।

आजपा पर्साको तर्फबाट इन्चार्ज रन्जुकुमारी साहले विज्ञप्ति निकाल्दै उपचारमा संलग्न चिकित्सकमाथि भएको कुटपिट र उक्त घटनाको विरोधमा उत्रिएका चिकित्सकहरुमाथि उल्टै प्रहरी प्रशासनबाट भएको दुर्व्यवहारप्रति ध्यानाकार्षण भएको जनाएकी हुन् ।

सुनसरी जिल्लाको देवानगञ्ज–३ को कप्तानगञ्जमा भएको विवादपछि सुरक्षा निकायले गरेको गैरजिम्मेवारपूर्ण गोलीकाण्डले सुनसरी र मोरङको विराटनगर क्षेत्रमा अशान्ति फैलिरहेकै अवस्थामा पर्सामा यो अर्को दु:खद् घटना भएको उनको भनाइ छ ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुनसरीको घटना सेलाउन नपाउँदै पर्सामा आफ्नो कार्यक्षेत्रमा खटिएका चिकित्सकमाथि कुटपिट हुनु र प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भइरहेको वार्ताकै क्रममा पर्साका उपरीक्षकले आन्दोलनरत चिकित्सकहरुलाई धक्कामुक्का तथा दुव्यर्वहार गर्नु अत्यन्तै खेदजनक छ ।’

इन्चार्ज साहले यी शृङ्खलावद्ध घटनाहरुले नेपाल सरकार र मातहतका सुरक्षा निकायहरु आम नागरिक तथा पेसाकर्मीहरुप्रति असहिष्णु र आक्रामक बन्दै सर्वसाधारणमा त्रास सिर्जना गर्न उद्धत रहेको टिप्पणी गरेकी छिन् ।

सरकारले सुनसरी र पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी लिनुपर्ने पनि उनको माग छ ।

उनले यी घटनाहरुको निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कडा कारबाही गर्न, आम नागरिकको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, स्वास्थ्यकर्मीहरुको पेसागत सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न र अत्यावश्यक स्वास्थ्यसेवा तत्काल सुचारु गर्न पनि सरकारसमक्ष जोडदार माग गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?