+
+
Shares

विजया दशमीको दिनदेखि धनुषाबाट एक बालक बेपत्ता

डीएसपी ओमप्रकाश खनालका अनुसार गत कार्तिक ४ गते विजयादशमीको दिन बालक घरबाट निस्केका थिए । त्यसपछि उनी बेपत्ता छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १६:२१

११ कात्तिक, जनकपुरधाम । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार गत कार्तिक ४ गते विजयादशमीको दिन बालक घरबाट निस्केका थिए । त्यसपछि उनी बेपत्ता छन् ।

परिवारजन तथा प्रहरीले निरन्तर खोजिरहे पनि साकेत फेला पर्न सकेका छैनन् । डीएसपी खनालका अनुसार प्रहरीले नजिकका गाउँघर तथा वरपर रहेका पोखरी, झाडी सबैमा खोजी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?