News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ का ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पताल जनकपुरको परिसरमा फेला परेको छ।
- श्रीमतीको कुरुवा बसेका सदा तीन दिनदेखि सम्पर्कविहीन थिए र खोजतलासका क्रममा शव अस्पतालको शव गृह नजिक भेटिएको प्रहरीले जनाएको छ।
- मृतकका परिवारजनले हत्या भएको आशंका गर्दै अस्पतालअगाडि प्रदर्शन गरेका छन् र छानविन तथा अनुसन्धान माग गरेका छन्।
२६ कात्तिक, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको परिसरभित्र एक जनाको शव फेला परेको छ । तीन दिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक फेला परेको हो ।
उनी प्रादेशिक अस्पतालमा उपचाररत श्रीमतीको कुरुवा बसेका थिए । उपचारका क्रममा नियमित घर आउजाउ गर्ने गरेका थिए । पाँच दिनअघि घरबाट खाना लिएर अस्पताल आएका उनी तीन दिनदेखि सम्पर्कविहीन थिए ।
खोजतलासको क्रममा उनको शव अस्पताल परिसरमै आज दिउँसो फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
शव भेटिएपछि मृतकका परिवारजनले हत्या भएको हुन सक्ने भन्दै अस्पताल अगाडि प्रदर्शन गरेका छन् । त्यस क्रममा केहीबेर तनाव समेत भएको छ ।
परिवारजन तथा स्थानीयले घटनाको सत्यतथ्य छानविन तथा अनुसन्धान गर्न माग गरेका छन् ।
प्रतिक्रिया 4