+
+
Shares
भीमफेदी दुर्घटना :

अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

१४ महिनाका छोरा घाइते

परिवारका चार सदस्य गुमाएका अवधेश हेटौंडा अस्पतालमा विक्षिप्त अवस्थामा छन् । उनी ईभीमा श्रीमती र छोराछोरीलाई चढाएर आफू मोटरसाइकलमा हिँडेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १७:०१

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको इभी हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका अवधेश यादवको परिवारका ४ सदस्यले ज्यान गुमाएका छन् ।

दुर्घटनामा उनकी श्रीमती, तीन छोरी र दुई भाईको मृत्यु भएको हो । यस्तै, १४ महिनाका कान्छा छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा अवधेशकी ३५ वर्षीया श्रीमती पुनम यादव, १० वर्षीया छोरी अनुकुमारी यादव, ७ वर्षीया छोरी दीक्षा यादव र ५ वर्षीया छोरी दिपीका यादवको मृत्यु भएको छ ।

उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अवधेशका १४ महिनाका छोरा सुदीप यादव भने दुर्घटनामा घाइते भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए । उनको स्वास्थ्य अवस्थाबारे खुलाइएको छैन ।

घाइते अवस्थामा फेला परेका उनलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको थियो । थप उपचारका लागि बिहीबार दिउँसो काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको डीएसपी काफ्लेले बताए ।

परिवारका चार सदस्य गुमाएका अवधेश हेटौंडा अस्पतालमा विक्षिप्त अवस्थामा छन् । छोराको उपचारमा आफन्त दिनेश यादव रहेका छन् । अवधेश ईभीमा श्रीमती र छोराछोरीलाई चढाएर आफू मोटरसाइकलमा आएका थिए ।

अवधेशको परिवारसहित एउटै गाउँका २० जना बढी सवार ईभी गाडी बिहान भीमफेदी–देउराली खण्डको चिसापानी गढी नजिक सडकबाट ५०० मिटर भिरमा खसेको थियो ।

हालसम्म १४ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । ६ जना घाइते भएका छन् ।

उनीहरू छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?