+
+
Shares

सप्तरीको बलान बिहुलबाट २ राउन्ड गोलीसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते ६:४३

१२ असार, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् ।

पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२ वर्षीय सुभाष कुमार पासमान र सोही ठाउँ बस्ने २२ वर्षीय धर्मेन्द्र सिंह रहेका प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो ४ बजेतिर बलान बिहुल गाउँपालिका वडा नम्बर–३  स्थित  टिकुलिया–बेल्ही सडक खण्डमा बाँसको टहरा (मचान) माथि शंकास्पद अवस्थामा बसिरहेका उनीहरूको शरीर खानतलासी गर्दा पासमानको साथबाट ८ एमएम लेखिएको २ दुई राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

उनले पक्राउ परेकाहरूलाई खरखजाना सम्बन्धी मुद्दामा अदालतबाट पाँच  दिनको म्याद लिएर अनुसन्धान गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?