Comments Add Comment

प्रदेश २

List Grid
बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

१४ मंसिर, वीरगञ्ज । पर्सामा बालिकालाई बलात्कार गरेको अभियोगमा दुईजना युवा पक्राउ परेका छन् । सखुवाप्रसौनी–२ का १९ वर्षीय देश शंकर चौधरी र विन्दवासिनी–४ अमरपट्टीका २६ वर्षीय उमेश ठाकुर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार, देश शंकरलाई गत शुक्रबार गाउँकै ४ वर्षीया बालिकालाई करणी गरेको […]

बारामा राइस मिलमा आगलागी

१४ मंसिर, वीरगञ्ज । बाराको भरवलियास्थित एक राइस मिलमा आगलागी हुँदा करिब १ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । फेटा गाउँपालिका–१ भरवलिया टोल बस्ने सुधिर पटेलले सञ्चालन गरेको नितेश राइस मिलमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । खरले […]

१२ लाख मूल्य बराबरको अलैंची बरामद

१४ मंसिर, वीरगञ्ज । प्रहरीले बाराबाट १२ लाख मूल्य बराबरको अलैंची बरामद गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा सवारी चेकजाँचको क्रममा सो मूल्य बराबरको अलैंची बरामद भएको हो । नारायणगढबाट काँकडभिट्टाका लागि छुटेको बसको छतमाथि कागज पत्र नभएको २६ बोरामा रहेको ६ सय किलो अलैंची बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी […]

जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते

१३ मंसिर, वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित जगदम्बा स्टिल प्रा.लि.को फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर छ । सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव गम्भिर घाइते भएका हुन् । उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा भारत मोतिहारी जिल्ला बस्ने […]

महोत्तरीमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु

१० मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी […]

बर्दिवास घटना : न्यायप्रति आश मरेपछिको परिणाम

९ मंसिर, जनकपुरधाम । बर्दिवास नगरपालिका-१४, महोत्तरीका शहीद आलमकी ६ वर्षकी छोरी गुलाब आइतबार साँझदेखि हराइरहेकी थिइन् । चकलेट किन्न भनेर घरबाट गएकी उनको शव सोमबार राति १ बजेतिर हत्या गरेर बोरामा हालिएको अवस्थामा घर नजिकैको खेतमा भेटियो । बलिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने स्थानीयको आंशका छ । तर पोष्टमार्टम रिपोर्ट नआएसम्म यसबारे केही […]

चकलेट किन्न पसल गएकी बालिकाको हत्या

९ मंसिर, जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो । उनी आइतबार साँझदेखि वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ । बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा […]

१८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, रुखमा झुण्ड्याएर हत्या प्रयास

८ मंसिर, जनकपुरधाम । धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए । घटना मंसिर ३ गतेको भए पनि सोमबार साँझ मात्र बाहिर आएको छ । पीडितको अहिले एक अस्पतालमा उपचार भइरहेको छ […]

कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृतको मृत्यु

७ मंसिर, बिराटनगर । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो । ५० वर्षीय देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ […]

वीरगञ्जमा घट्यो छठको रौनक

४ मंसिर, वीरगञ्ज । वीरगञ्ज–१० घडिअर्वाकी प्रभा देवीले छठ मनाउन थालेको २१ वर्ष भयो । यो वर्षको जस्तो सुनसान छठ उनले कहिल्यै अनुभव गरेकी थिइनन् । कोरोना संक्रमणको जोखिमका कारण चैते छठमा उनी घाट जान पाइनन् । लकडाउनका कारण घरको छतमै मनाइन् । संक्रमणको जोखिम कायमै रहेकाले अहिलेको छठमा पनि घाट जान नपाइने हो कि […]

सर्लाहीका चार ठाउँमा आगलागी, ५० लाख बढीको क्षति

३० कात्तिक, जनकपुरधाम । सर्लाहीका छुट्टाछुट्टै चार ठाउँमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । व्यक्तिको घर, गोठ, पसल र सार्वजनिक बसमा समेत आगलागी भएको छ । जिल्लाको गोडैता नगरपालिका–८ स्थित रोकिराखेको ना.७ ख.३५१५ नम्बरको बसमा बसकै ब्याट्री सर्ट भई शनिबार राति एक्कासी आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । ब्रहम्पुरी […]

कार नालामा खस्दा चालकको मृत्यु

२८ कात्तिक, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका मुजेलियामा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनुषाधामबाट जनकपुरतर्फ आउँदै गरेको बा २० प ६८३१ नम्बरको कार शुक्रबार बिहान नालामा खसेर दुर्घटना हुँदा त्यसका चालक धनुषाधाम नगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए । शवलाई […]

रौतहटमा १७ वर्षीया युवतीको गोली हानी हत्या

२७ कात्तिक, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो । गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकी […]

मुकेशकी श्रीमती सुनिताको बिलौना : छोरा बाबा खोई भन्छ, म कहाँबाट ल्याउँ ?

२० कात्तिक, वीरगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुटगत झगडामा मारिएका मुकेश चौरसियाको मृत्यु भएको १३ दिन बितेको छ । पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएपछि आन्दोलन रोकिएको छ तर, निश्पक्ष छानविन भएर न्याय पाउनेमा शंका छ । पति वियोगको शोकमा रहेकी सुनिता चौरसियाले आफूलाई सम्हाल्न सकेकी छैनन् । ४ वर्षको […]

‘राम जन्मभूमिबारे खोज अनुसन्धान अघि बढ्छ’

१९ कात्तिक, वीरगञ्ज । मधेसीआयोगका अध्यक्ष डा. विजयकुमार दत्तले त्रेतायुगका मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जन्मभूमिको बारेमा खोज, अनुसन्धानका कार्य अघि बढ्ने बताएका छन् । बुधबार ठोरी पुगेका मधेसी आयोगका अध्यक्ष दत्तले प्रधानमन्त्रीले बेतुकको कुरा नगरेको भन्दै उनले पुरातत्वविदको उच्चस्तरीय सरकारी टोलीले खोज, अनुसन्धान गर्ने जानकारी दिए । ठोरीमा विशाल राम मन्दिर बनाउनुपर्ने बताउँदै उनले ठोरी […]

‘सूचना माग्दा प्रहरी बोलाएर पक्राइयो’

१८ कात्तिक, वीरगञ्ज । सरकारी कार्यालयबाट सूचना माग्दा जिल्ला प्रहरी कार्यालय पर्साले ४ घण्टा नियन्त्रणमा राखेको अभियन्ताहरुले गुनासो गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता भएको आशंकामा अध्ययनका लागि सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गराउन गएका २ जनालाई प्रहरीले ४ घण्टा हिरासतमा राखेर छोडेको हो । भिश्वा युवा क्लबका अध्यक्ष उदय कुशवाहा र […]

बलात्कार आरोपी वडासचिव कारागार चलान

१८ कात्तिक, महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज […]

वीरगञ्जमा विद्यालय आउन अभिभावकको मञ्जुरी अनिवार्य

१७ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा कोरोना महामारीका कारण सात महिनादेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । महानगरका सामुदायिक विद्यालय पनि सोमबारदेखि खुलेका छन् । कक्षा ८ देखि माथिल्लो कक्षाका विद्यार्थीलाई भौतिक रुपमा विद्यालयमा बोलाएरै पठनपाठन सुरु गरिएको हो । यसअघि प्याब्सनले आयोजना गरेको बैठकमा कात्तिक ११ गतेदेखि नै विद्यालय खोल्ने भनिएपनि त्यसो भने […]

कर्मचारीमा कोरोना देखिएपछि घरेलु कार्यालय पर्साको सेवा बन्द

१७ कात्तिक, वीरगञ्ज । कर्मचारीमा कोरोना संक्रमण भएपछि घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जले सेवा बन्द गरेको छ । कार्यालयकी निमित्त प्रमुख, उद्योग अधिकृत रिमा साहले सूचना जारी गर्दै सोमबारदेखि अनिश्चितकालका लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी दिएकी हुन् । ‘लेखापाललाई कोरोना संक्रमण पुष्टि भएको छ । अन्य कर्मचारी सबै सम्पर्कमा रहेकोले सेल्फ आइसोलेसनमा बस्नुपर्ने […]

नारायणीमा कार्यरत चिकित्सक अशोक कुशवाहा रहेनन्

१६ कात्तिक, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । अस्पतालको आकस्मिक विभागमा कार्यरत ४३ वर्षीय डाक्टर अशोक कुशवाहाको आइतबार दिउँसो मृत्यु भएको हो । मिर्गौलामा समस्या देखिएपछि उनको ६ महिनादेखि डायलायसिस चलिरहेको थियो । टाइप–१ मधुमेहबाट समेत पीडित उनी स्वास्थ्यमा समस्या आएपछि विदामा थिए । आइतबार स्वास्थ्य अवस्था झनै बिग्रिएपछि […]

कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्यको ज्यान गयो

१६ कात्तिक, वीरगञ्ज । नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोना संक्रमणका कारण निधन भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो । शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर […]