+
+
Shares

सर्लाहीको हरिपुरमा शिक्षकमाथि गोली प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते २१:३४

३० साउन, काठमाडौं । सर्लाहीको हरिपुरमा शिक्षकमाथि गोली प्रहार भएको छ । मोटरसाइकलमा सवार शिक्षकमाथि अज्ञात समूहले गोली प्रहार गरेको मधेश प्रदेशका डीआईजी उमाप्रसाद चतुर्वेदीले अनलाइनखबरलाई जानकारी दिए ।

घाइते हुनेमा हरिपुर्वा नगरपालिका–६ का शिक्षक अन्दाजी ५० वर्षीय रामपुकार यादव रहेका सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले पुष्टि गरे ।

उनका अनुसार घाइते यादवलाई उपचारार्थ महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक अस्पताल लगिएको छ ।

मोटरसाइकलमा आएका हतियारधारीले उनीमाथि गोली प्रहार गरेर भाग्ने क्रममा दुर्घटनामा परेको बुझिएको डीएसपी राईले बताए ।

घटनास्थललाई सिल गरेर अहिले थप अनुसन्धानको काम अघि बढाइएको छ । अज्ञात समूहको खोजीकार्य भइरहेको मधेश प्रदेशका डीआईजी उमाप्रसाद चतुर्वेदीले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?