
२१ असोज, जनकपुरधाम । सर्लाहीको लखनदेही नदीमा बगेर एक किशोरको मृत्यु भएको छ । अन्य तीन जना पौडिएर बाँच्न सफल भएका छन् ।
मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका -५ भाडसर बस्ने बिनोद ठाकुरको छोरा १८ वर्षीय ओम ठाकुर छन् ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार आज बिहान साढे ११ बजेतिर स्थानीय लखनदेही खोलाको बाँध नजिक पानीमा ठाकुरसँगै चारजना किशोरहरु नुहाउन पसेका थिए।
नुहाउने क्रममा ४ जनालाई खोलाले बगाएकोमा ३ जना सकुशल निस्किन सफल भएका छन् । ठाकुर भने बेपत्ता भएका थिए ।
खोजतलासको क्रममा दिउँसो १ बजे त्यही तैरिरहेको अवस्थामा फेला परेका उनलाई प्रादेशिक अस्पताल मलंगवा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी राईले बताए ।
प्रतिक्रिया 4