+
+
Shares

प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन

रासस रासस
२०८२ असार ३२ गते ११:१८

३२ असार, महोत्तरी । मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ । क्यान्सरबाट पीडित उनको उपचारका क्रममा मङ्गलबार वीर अस्पतालमा निधन भएको हो ।

उनका पत्नी, दुई छोरा र दुई छोरी छन् । उनको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ । आजै उनको अन्तिम संस्कार गरिने जनाइएको छ ।

कुशवाहाको निधनमा नेपाली कांग्रेसका महोत्तरी जिल्ला सभापति नागेश्वर यादव, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष बलिराम यादव र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज प्रकाशहरि पोखरेलले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै शोक प्रकट गरेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?