
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको लालबन्दीमा बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्।
- मृत्यु हुनेमा २२ वर्षीया सोना पन्त हुन्, जसलाई उपचारका लागि मोडेल अस्पताल लगिएको थियो।
- दुर्घटना सोमबार दिउँसो ४:४० बजे पूर्व-पश्चिम राजमार्गमा भएको हो, बस फरार रहेको प्रहरीले जनाएको छ।
५ जेठ, जनकपुरधाम । सर्लाहीको लालबन्दीमा यात्रुबाहक बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लालबन्दी नगरपालिका- १७ रानीगञ्ज बस्ने वीर सिंह पन्तकी २२ वर्षीया छोरी सोना पन्त छिन् ।
उनलाई उपचारका लागि मोडेल अस्पताल लगिएको थियो । तर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोमबार दिउँसो ४: ४० बजेको समयमा लालबन्दी नगरपालिका- १७ रानीगञ्जस्थित पूर्व-पश्चिम राजमार्गमा ना ६ ख ७२२७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २६४५ नम्बरको भ्यानलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते सबै भ्यानमा सवार व्यक्तिहरू हुन् ।
बस चालक फरार रहेको, दुवै सवारीसाधन घटनास्थलमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4