
फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोबाट प्रहरीले ३ सय ८८ किलो ७ सय ३० ग्राम गाँजासहित ४१ वर्षीया रेखा कुमारी मण्डललाई पक्राउ गरेको छ।
- प्रहरी टोलीले मण्डलको घरको निर्माणाधीन शौचालय, गोठ र बाँसको झ्याङबाट १२ वटा बोरामा लुकाइएको गाँजा बरामद गरेको छ।
- बरामद गाँजा र पक्राउ परेकी मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
५ साउन, काठमाडौं । सप्तरीको राजगढ गाउँपालिकाबाट प्रहरीले ३ सय ८८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
राजगढ गाउँपालिका–३ नर्घो का ४१ वर्षीया रेखा कुमारी मण्डलको घरबाट प्रहरीले ३ सय ८८ किलो ७ सय ३० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको हो ।
आइतबार बिहान इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरी टोलीले मण्डलको घर तलासी गर्ने क्रममा निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङबाट गरी १२ वटा बोरामा लुकाइराखेको अवस्थामा गाँजा बरामद गरेको जनाइएको छ ।
बरामद गाँजा र पक्राउ परेकी मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4