News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजार नगरपालिका-२ की गीता कुमारी साहलाई २० किलो ४ सय ग्राम गाँजासहित पक्राउ गरिएको छ।
- प्रहरी निरीक्षक सुदन केसीका अनुसार साहलाई घरमै गाँजा प्याकिङ गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
- प्रारम्भिक अनुसन्धानले साहले गाँजा खरिद गरी भारततर्फ बिक्री वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
९ वैशाख, सिरहा । सिरहाको गोलबजारबाट गाँजासहित एक महिला पक्राउ परेकी छन् । गोलबजार नगरपालिका-२ टुडकीयाकी गीता कुमारी साहलाई प्रहरीले २० किलोभन्दा बढी गाँजासहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुदन केसीका अनुसार विशेष सुराकीको आधारमा मंगलबार दिउँसो साहलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको घरमै प्लास्टिकको झोलामा गाँजाको प्याकिङ गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।
घरबाटै २० किलो ४ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा साहले अन्यत्रबाट गाँजा खरिद गरी भारततर्फ पुर्याएर बिक्री वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4