+
+
Shares

दुई साँढे बीचको लडाइँमा परेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते ९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालक सत्तार राइनको मृत्यु भयो।
  • सडकमा जुधिरहेका साँढेसँग ठोक्किएर गम्भीर घाइते भएका राइनलाई अस्पतालमा मृत घोषणा गरियो।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिए।

१२ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढे बीचको जुधाइमा परेर एकजनाको मृत्यु भएको छ ।

सडकमा दुई साँढे बीचको लडाइँमा परेर स्कुटर दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।

मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम ६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग राति साढे ८ बजेतिर ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लगिए पनि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?