+
+
Shares

धनुषाको क्षीरेश्वरनाथस्थित नालामा एक युवकको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ अर्जनुवाटोल बस्ने २५ वर्षीय निरज सहनीको शव जनकपुरधामको लक्ष्मीनिया गाउँपालिका-१ स्थित नालामा फेला परेको छ।
  • धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको जानकारी दिए।

३२ असार, जनकपुरधाम । धनुषामा एक युवकको शव फेला परेको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ अर्जनुवाटोल बस्ने चुल्हाई सहनीका छोरा अन्दाजी वर्ष २५ का निरज सहनीको शव फेला परेको हो ।

जनकपुर ढल्केवर सडकखण्डको लक्ष्मीनिया गाउँपालिका-१ स्थित खाद्य संस्थानको अगाडि नालामा बुधबार दिउँसो घोप्टो परेको अवस्थामा उनी मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको डीएसपी सिंहले बताए । शव नजिकै एउटा कालो रंगको झोला समेत फेला परेको छ । परिवारजनका अनुसार निरज मंगलबार साँझ आफन्तसँग बाहिर निस्केका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?