
प्रतिकात्मक तस्बीर
४ असार, जनकपुरधाम । मोबाइल चार्ज गर्दा करेन्ट लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका ३ डमार पोखरी टोल बस्ने शेख सफुलाको श्रीमती ३० वर्षीया गुलनाज खातुन छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज अपराहन्न ४ः २० बजेको समयमा खातुनले आफ्नो सुत्ने कोठामा मोबाईल चार्ज गर्दा करेन्ट लागेर घाइते भएकी थिइन् ।
प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लग्दा ५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4