+
+
Shares

साउन्ड सिस्टमको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

प्रहरीका अनुसार करेन्ट लागेर मृत्यु हुनेमा २५ वर्षीय अरबिन्द साह रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको जनकनन्दिनी गाउँपालिका-५ उधाटोलमा करेन्ट लागेर २५ वर्षीय अरबिन्द साहको मृत्यु भएको छ।
  • उनले विवाहका लागि साउन्ड सिस्टमको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए।
  • उपचारका लागि धनुषा अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

२७ वैशाख, काठमाडौं । धनुषाको जनकनन्दिनी गाउँपालिका-५ उधाटोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार करेन्ट लागेर मृत्यु हुनेमा २५ वर्षीय अरबिन्द साह रहेका छन् ।

आइतबार दिउँसो घर नजिकै विवाहका लागि साउन्ड सिस्टमको तार जोड्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि उनलाई धनुषा अस्पताल जनकपुरमा पुर्‍याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?