+
+
Shares

तारकेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु

उपचारका लागि शुभम् अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोलमा करेन्ट लागेर २२ वर्षीया सन्श्री श्रेष्ठको मृत्यु भएको छ।
  • मंगलबार राति आफ्नै घरमा गिजर चेक गर्ने क्रममा उनी गम्भीर घाइते भएकी थिइन्।
  • उपचारका लागि शुभम् अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

९ वैशाख, काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोल बस्ने २२ वर्षीया सन्श्री श्रेष्ठ रहेकी छन् ।

मंगलबार राति आफ्नै घरमा रहेको गिजर चेक गर्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि शुभम् अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?