प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीकोटको रास्कोट नगरपालिका–८ बाँखरकोटमा करेन्ट लागेर ५० वर्षीया मन बरालको मृत्यु भएको छ।
- मन बराल बाख्रा चराउन डिलचाखा वन गएकी थिइन् र त्यहाँ करेन्ट लागेको स्थानीयले बताएका छन्।
- करेन्ट लागेको खबर पाएपछि स्थानीयले विद्युत् कार्यालयमा फोन गरेर विद्युत् बन्द गरिदिन अनुरोध गरेका थिए।
२ चैत, कालीकोट । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर आज मृत्यु भएको हो ।
डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।
करेन्ट लागेको जानकारी आएपछि आफूले विद्युत् कार्यालयमा फोन गरेर विद्युत् बन्द गरिदिन अनुरोध गरेको स्थानीय कमलप्रसाद बरालले बताए ।
करेन्ट लागेको खबर पाएपछि इलाका प्रहरी कार्यालय रास्कोटको टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4