+
+
Shares

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १७:१२

१३ कात्तिक, काठमाडौं । सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

तीनपाटन गाउँपालिका-१० लङ्गुरखोला बस्ने २० वर्षीय धनबहादुर लामिछानेको मृत्यु भएको हो ।

लङ्गुरखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि लङ्गुरखोला

आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?