+
+
Shares

जनकपुर भन्सार कार्यालय पूर्ण रुपमा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १४:००

७ असोज, काठमाडौं । जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आएको छ ।

गत भदौ २३ र २४ गते जेन—जी आन्दोलनको क्रममा जनकपुर भन्सार कार्यालय आगजनी, लुटपाट तथा तोडफोड भएको थियो । जसकारण भन्सार कार्यालयबाट हुने सबै काम ठप्प थिए । जनकपुरधाम भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अवाकाअनुसार कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालबाट भन्सार जाँचपास यसअघि नै शुरु भइसकेको छ ।

असोज ५ गतेबाट मुद्दाका कामहरु समेत शुरु गरिएको छ । सो कार्यालयअन्तर्गत भडरिया छोटी भन्सार, इनरुवा छोटी भन्सार र जटही छोटी भन्सार कार्यालय सञ्चालनमा आई सकेको सूचना अधिकारी अवाले जानकारी दिए ।

जेन–जी प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा १३ करोड ८७ लाख ५० हजार बराबरको क्षति अवाले बताए ।

जनकपुरधामको रेल्वेस्टेशन नजिक रहेको सो कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी एवं तोडफोड भएको थियो ।

गत भदौ २४ गते गरिएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्री नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?