+
+
Shares

लुटपाट गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीले पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा भारतको मधुबनी जिल्ला देवधा–८ का २३ वर्षीय विजय मुखियालाई पक्राउ गरेको छ।
  • मुखियाले धनुषाको जनकनन्दनी गाउँपालिका–१ का अजय कुमार गोइतलाई नगद २ लाख १६ हजार, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटेको आरोप छ।
  • धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहकाअनुसार मुखिया पेशेवर लुटेरा हुन् र भारतमा ९–१० वटा मुद्दा दर्ता रहेको छ।

३२ असार, काठमाडौं । नेपाल प्रहरीले पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला देवधा–८ का २३ वर्षीय विजय मुखिया रहेको नेपाल प्रहरीले बताएको छ । उनीमाथि यही असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका–१ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर उनको साथमा रहेको रकम लुटपाट गरेको आरोप छ ।

गोइत बैंकमा पैसा जम्मा गर्न जाँदै गर्दा मुखियाले बाटो छेकेर पेस्तोल देखाई नगद २ लाख १६ हजार, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटेको अनुसन्धानमा खुलेको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहकाअनुसार मुखिया पेशेवर लुटेरा हुन् । भारतमा पनि उनीमाथि ९–१० वटा मुद्दा दर्ता रहेको जनाइएको छ ।

उनीमाथि जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?