
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले जनकपुरधाम उपमहानगरपालिका ४ स्थित तैनाथी गुठीको ४ कठ्ठा जग्गा लिजमा प्राप्त गरेको छ।
- काठमाडौंस्थित गुठी संस्थानको केन्द्रीय कार्यालयमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र गुठी संस्थानबीच औपचारिक सम्झौता भएको छ।
- सम्झौता पत्रमा महासंघ अध्यक्ष श्याम बन्जारा र गुठी संस्थान प्रमुख प्रशासकीय अधिकृत शैलेशराज कुवँरले हस्ताक्षर गरेका छन्।
२० साउन, जनकपुरधाम। नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आफ्नै भवन निर्माणका लागि गुठी संस्थानसँग ४ कठा जग्गा प्राप्त गरेको छ । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित तैनाथी गुठीको ४ कठ्ठा जग्गा लिजमा प्राप्त गरेको हो ।
सोमबार काठमाडौंस्थित गुठी संस्थानको केन्द्रीय कार्यालयमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र गुठी संस्थानबीच औपचारिक सम्झौता भएको छ ।
जनकपुरको बिचमा सरकारी वकिलको कार्यालय छेउमा रहेको श्रीराम मन्दिर गुठीअन्तर्गतको उक्त चार कठ्ठा जग्गामा महासंघले भवन निर्माण गर्नेछ ।
उक्त सम्झौता पत्रमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशको तर्फबाट अध्यक्ष श्याम बन्जारा र गुठी संस्थानको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शैलेशराज कुवँरले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा साक्षीको रुपमा महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्ति र गुठीको तर्फबाट गुठीका प्रमुख ईन्जिनियर शालिकग्राम सुवेदी रहेका छन् ।
सम्झौता हस्ताक्षर समारोहमा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आर्चाय,महासचिव रामप्रसाद दहाल, सचिव रमेश खतिवडा, केन्द्रिय लेखा संयोजक केसि लामिछाने, प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, सचिव हदिस खुदार, सदस्य अजय साह, प्रेच चौतारी नेपालका महासचिव हिरामान लामाको सहभागिता थियो ।
सम्झौतापछि महासंघका अध्यक्ष बन्जाराले गुठी संस्थानप्रति आभार व्यक्त गर्दै प्रदेशस्तरीय पत्रकारिता पूर्वाधार निर्माणमा ऐतिहासिक काम भएको बताए ।
प्रतिक्रिया 4