
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले बाराको बघवन बस्ने नन्दु राउतको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा रन्जु जैसवाल, सुमित जैसवाल र किशोर रहेका छन्।
- घटना जेठ २० गते कुटपिटका कारण नन्दु राउतको मृत्यु भएको थियो।
४ असार, काठमाडौं । बाराको कलैया उपमहानगरपलिका–१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–१४ बघवन टोल बस्ने ३८ वर्षीया रन्जु जैसवाल तथा उनकै छोराहरू २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय किशोर रहेका छन् ।
पुरानो रिसइवीको कारण उमेश समेत ६ जना व्यक्तिहरूले गत जेठ २० गते साँझ कुटपिट गर्दा गम्भीर घाइते भएका नन्दु राउतको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय दिगम्बर साह कलवारलाई सोही दिन पक्राउ गरेको थियो ।
साथै घटनामा संलग्न रही फरार रहेका रन्जुलाई कलैया उपमहानगरपालिका–५ बाट तथा सुमित र १८ वर्षीय किशोरलाई पर्सा वीरगंज महानगरपालिका–१ शान्ति टोलबाट पक्राउ गरेको हो ।
उनीहरू उपर ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4