News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस गरिएको छ।
- क्षेत्रीय सचिव राजेश भण्डारीले फरमुल्लाह मन्सुरलाई असहयोग गरेको आरोपमा यादवसहित १६ जनाको नाम सिफारिस गरिएको जानकारी दिए।
- क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाले सिफारिस गरिएका सबैलाई पार्टी सदस्यताबाट निलम्बन गर्न माग गर्नुभएको छ।
२ चैत, काठमाडौं । नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस भएको छ । बारा–३ को क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस गरिएको हो ।
क्षेत्रीय सचिव राजेश भण्डारीले प्रतिनिधिसभा सदस्य उम्मेदवार सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई असहयोग गरेका जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।
‘बारा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरलाई निर्वाचनमा पराजित गराउनका लागि आफ्ना नातेदार र नजिकका नेता कार्यकर्तालाई परिचालन गरी जिल्ला कार्यसमिति बाराका सभापति राजेश राय यादवले हराउने कार्य गरेको, गराउन लगाएको व्यवहोरा अवगत गराउन चाहन्छु,’ क्षेत्रीय कार्यसमितिले पठाएको पत्रमा भनिएको छ ।
क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाद्वारा हस्ताक्षरित पत्रमा सिफरिस गरिएकाहरूलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गरिनुपर्ने माग गरिएको छ ।
कारबाहीको सिफारिसमा परेकाहरूको नाम
राजेश राय यादव – जिल्ला सभापति, नेपाली कांग्रेस बारा
हरिप्रवेश यादव – सभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
श्रीनिवास यादव – उपसभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख)
केदार साह – उपसचिव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
अम्बिका यादव – उपसभापति, उपमहानगर कार्यसमिति कलैया उ.म.न.पा.
बजरंगी साह – महाधिवेशन प्रतिनिधि क्षेत्र नं. २
भोला राय यादव – सभापति, कलैया उ.म.न.पा. वडा नं. ६
रामप्रवेश यादव – सभापति, प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं २, बारा
रबिन्द्र यादव (उर्फ रोवान) – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
रविकरण साह कलवार – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
नाजिर अन्सारी – सहसचिव, क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ बारा
दिपेन्द्र पटेक – कार्यवाहक अध्यक्ष, नेपाल तरूण दल बारा
मो. अतिउर रहमान (पपपु) – सदस्य, मधेश प्रदेश कार्यसमिति
अवधेश यादव – प्रदेश महाधिवेशन प्रतिनिधि दक्षेत्र नं. ३ (२) ख
हरि यादव (हरिन्द्रप्रसाद राउत) – क्षेत्रीय प्रतिनिधि वडा नं. ५ (कलैया उ.म.न.पा.)
प्रतिक्रिया 4