News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका २२ उद्योग तथा पसल अनुगमन गरी ३ वटा पसललाई जरिबाना र १९ वटा पसललाई निर्देशन दिएको छ।
- ललितपुरको महालक्ष्मी नगरपालिका-७ स्थित ‘एकताग्राम स्टोर’ लाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (घ) अनुसार २० हजार रुपैयाँ जरिबाना गरिएको छ।
- काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित ‘किराना घर ट्रेड एन्ड सप्लायर्स’ र ‘गणपति ट्रेड सप्लायर्स’ लाई दफा १५ अनुसार जनही ५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।
३ चैत, काठमाडौं । उपभोक्ता संरक्षण ऐन विपरीत कार्य गर्ने पसल तथा फर्महरू कारबाहीमा परेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार काठमाडौं उपत्यकाका विभिन्न २२ उद्योग तथा पसल अनुगमन गर्दा ३ वटालाई जरिबाना र १९ वटालाई सामान्य निर्देशन दिएको हो ।
विभागका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-७ चांगाथलीस्थित ‘एकताग्राम स्टोर’ लाई २० हजार रुपैयाँ जरिबाना गरिएको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ (१) (क) अनुसार उक्त स्टोरलाई कारबाही गरिएको हो ।
त्यसैगरी काठमाडौं महानगरपालिका-११ बबरमहलमा सञ्चालित दुईवटा ट्रेड सप्लायरलाई पनि जरिबाना तिराइएको छ । बबरमहलस्थित ‘किराना घर ट्रेड एन्ड सप्लायर्स’ र ‘गणपति ट्रेड सप्लायर्स’ लाई जनही ५/५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।
उनीहरू उपभोक्ता संरक्षण ऐनको दफा १५ बमोजिमको दायित्व पूरा नगरेका कारण कारबाहीमा परेका हुन् ।
अनुगमन टोलीले काठमाडौं र ललितपुरका अन्य १९ वटा व्यापारिक फर्मलाई भने सामान्य त्रुटि औँल्याउँदै सुधारका लागि निर्देशन दिएको छ ।
प्रतिक्रिया 4