+
+
Shares

जनकपुरमा चार दिने ‘ह्यापिनेस कोर्स’ प्रशिक्षण

आर्ट अफ लिभिङ, जनकपुरधामको आयोजनामा रोगमुक्त शरीर, तनावमुक्त मन र हिंसामुक्त समाज निर्माणको उद्देश्यसहित सहभागीलाई “ह्यापिनेस कोर्स”को चारदिने प्रशिक्षण दिइएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १८:०४

८ भदौ, जनकपुरधाम। जनकपुरधाममा चार दिने ‘ह्यापिनेस कोर्स’ सम्पन्न भएको छ ।

आर्ट अफ लिभिङ, जनकपुरधामको आयोजनामा रोगमुक्त शरीर, तनावमुक्त मन र हिंसामुक्त समाज निर्माणको उद्देश्यसहित सहभागीलाई “ह्यापिनेस कोर्स”को चारदिने प्रशिक्षण दिइएको हो।

भदौ ४ गतेदेखि शनिबारसम्म चलेको ‘ह्यापिनेस कोर्स’ आर्ट अफ लिभिङका अन्तर्राष्ट्रिय प्रशिक्षक चन्देश्वर भाइया, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता समेत रहेका प्रशिक्षक सुरेन्द्रकुमार महतो तथा प्रशिक्षक सुधीर ठाकुरले सहभागीहरूलाई ध्यान, योग, प्राणायाम र सुदर्शन क्रियाको अभ्यासको प्रशिक्षण दिएका थिए ।

विभिन्न पेशा र क्षेत्रका ४५ जना सहभागीलाई योग, प्राणायाम, ध्यान, क्रिया तथा सेवाकार्यजस्ता अभ्यास गराइएको कार्यक्रममा आर्ट अफ लिभिङ, नेपालका स्वयंसेवक ओमकुमार साहले जानकारी दिए ।

समापन कार्यक्रममा प्रादेशिक अस्पताल, गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरले मधेश प्रदेशमा साक्षरता दर न्यून र समाज तुलनात्मक रूपमा कम विकसित रहेको अवस्थाले नैतिक मूल्यमा आधारित समाज निर्माणको आवश्यकता झनै बढाएको बताए।

संस्थापक रविशंकर ध्यान, योग, प्राणायामजस्ता अभ्यासमार्फत प्रत्येक व्यक्तिको जीवनलाई स्वस्थ, सन्तुलित र आनन्दमय बनाउन सकिने र फलस्वरूप समाजमा शान्ति, प्रेम र अहिंसा स्थापित हुन सक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?