+
+
Shares

जनकपुरमा नेपाली कम्युनिस्ट पार्टीको युवा संगठन–जेनजेड फ्रन्ट घोषणा

जनकपुरमा पत्रकार सम्मेलन गरी श्याम साहको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी–जेनजेड फ्रन्टको घोषणा गरिएको हो । उसले आफ्नो प्रस्तावना, उद्देश्य र संरचना सार्वजनिक गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टी अन्तर्गतको युवा संगठन नेपाली कम्युनिस्ट पार्टी–जेनजेड फ्रन्ट जनकपुरमा श्याम साहको संयोजकत्वमा घोषणा गरिएको छ।
  • जेनजेड फ्रन्टले नयाँ पुस्ताको वैचारिक, संगठनात्मक र नेतृत्वगत प्रतिनिधित्व सुनिश्चित गर्दै कम्युनिस्ट आन्दोलनलाई आधुनिक युगसँग जोड्ने उद्देश्य राखेको छ।
  • संयोजक साहले जेनजेड फ्रन्टलाई वैचारिक, राजनीतिक र सामाजिक चेतनाको नयाँ लहर भन्दै समाजवादी रूपान्तरणको नयाँ अध्याय सुरु भएको बताए।

२३ कार्तिक, जनकपुरधाम। ८ वटा कम्युनिस्ट पार्टीहरू एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गतको युवा संगठन नेपाली कम्युनिस्ट पार्टी–जेनजेड फ्रन्ट घोषणा गरिएको छ ।

जनकपुरमा पत्रकार सम्मेलन गरी श्याम साहको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी–जेनजेड फ्रन्टको घोषणा गरिएको हो । उसले आफ्नो प्रस्तावना, उद्देश्य र संरचना सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको प्रस्तावनामा फ्रन्टले आफ्ना प्रमुख उद्देश्य, नीति र सिद्धान्त स्पष्ट रूपमा निर्धारण गरेको छ। त्यसअनुसार, नयाँ पुस्ताको वैचारिक, संगठनात्मक र नेतृत्वगत प्रतिनिधित्व सुनिश्चित गर्दै कम्युनिस्ट आन्दोलनलाई आधुनिक युगको राजनीतिक सोच र प्रविधिसँग जोड्ने उल्लेख गरिएको छ।

प्रस्तावनाले समाजवाद, जनसत्ता र वर्गीय समानताको स्थापनाका लागि वैज्ञानिक र व्यवहारिक दृष्टिकोण अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ। फ्रन्टको नीति दस्तावेजमा युवा पुस्तालाई राजनीतिक चेतना, अध्ययन, अनुशासन र नेतृत्वमा प्रशिक्षित गर्दै भावी वैचारिक अग्रणीका रूपमा तयार पार्ने लक्ष्यसमेत उल्लेख छ ।

कार्यक्रममा बोल्दै संयोजक साहले नयाँ पुस्ताको दृष्टिकोण, सोच र संघर्षलाई कम्युनिस्ट आन्दोलनसँग जोड्दै समाजवादी रूपान्तरणको नयाँ अध्याय सुरु भएको बताए।

उनका अनुसार जेनजेड फ्रन्ट केवल युवा संगठन नभएर वैचारिक, राजनीतिक र सामाजिक चेतनाको नयाँ लहर रहेको छ। यसले वैज्ञानिक, पारदर्शी र जनमुखी समाज निर्माणको बाटो खोल्नेछ।

जेनजेड फ्रन्टले जनवादी क्रान्तिलाई समाजवादी क्रान्तिमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्य लिएको छ। यस क्रममा संगठनले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म युवा, विद्यार्थी र श्रमिक समुदायबीच वैचारिक अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?