२९ कात्तिक, जनकपुरधाम । जनकपुरमा आज पनि सातदलीय गठबन्धनका दलहरूले प्रदर्शन गरेका छन् । सरकार गठन र सभामुखविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् ।
अहिले उनीहरू प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन् ।
सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू पुगेको बेला हातपात भएको थियो । सो बीच सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिगए ।
उक्त कदमको विरोधमा सात दलीय मोर्चाले कार्यकर्ता उतारेर शनिबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा अहिले बाक्लो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4