
३१ असोज, जनकपुरधाम । जनकपुरको सोनारपट्टीमा गोली चलेको छ ।
एक सुन चाँदी व्यवसायीको पसलमा प्रहरी छापा मार्न पुगेको थियो । त्यस क्रममा व्यवसायीहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको हो ।
व्यवसायीको अवरोधपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ ।
बिलबिजक बिनाको सुनचाँदी खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली शुक्रबार साँझ छापा मार्न पुगेको थियो ।
कति राउन्ड फायर भएको भन्ने बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4