+
+
Shares

विपक्षी दलको अवरोधले मधेश प्रदेशसभा बैठक आज पनि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ।
  • विपक्षी दलहरूले बजेट पुनर्लेखन नभएसम्म चल्न नदिने बताएका छन्।
  • सभामुख रामचन्द्र मण्डलले बोलाएको सर्वदलीय बैठकले पनि निष्कर्ष निकाल्न सकेन।

२३ असार, जनकपुरधाम । बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलले आज पनि मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी लगायतको अवरोधले बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

बैठकको सुरुमै विपक्षी दलहरूका प्रतिनिधिहरू उठेर बैठक चल्ला नदिने बताएका थिए ।

सभामुख रामचन्द्र मण्डलले वार्षिक राजस्व र व्ययको अनुमान माथिको छलफल रहेकाले चल्न नदिन आग्रह गरेका थिए ।

तर विपक्षी दलहरूले बजेट पुनर्लेख नभएसम्म संसद चल्न नदिने बताएपछि भोलि मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

बैठकमा जसपा नेपालकी सांसद सुनिता साह, नेकपा माओवादी केन्द्रकी सांसद सुनिता यादव, नेकपा एकीकृत समाजवादीकी सांसद बेचिलुङ्गेली र संघीय समाजवादी कि सांसद बिमला अन्सारीले बोलेकी थिइन् । बजेट र सदन भल्न नदिनेबारे बोलेकी थिइन् ।

हिजो आइतबार पनि विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

तर फेरि आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

आज बैठक बस्नुअघि सभामुख रामचन्द्र मण्डलले सत्तापक्ष तथा विपक्षी दलहरूको सर्वदलीय बैठक डाकेका थिए ।

तर बैठक बिना निष्कर्ष सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?