+
+
Shares

मधेश प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना छैन : मुख्यमन्त्री यादव

बजेट ल्याउने बेलामा मधेश प्रदेशका कुनै पनि सांसदहरूले सरकार परिवर्तन गर्नेकुरा सोच्न पनि नसक्ने मुख्यमन्त्री यादवको जिकिर थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।
  • यादवले बजेट ल्याउने बेलामा सरकार परिवर्तन गरिए प्रदेशका लागि दुर्भाग्य हुने चेतावनी दिए ।
  • उनले सबै दलका नेता र सांसदहरू सरकार परिवर्तन गर्न नहुने अडानमा रहेको बताए ।

२१ वैशाख, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

सोमबार जनकपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

बजेट ल्याउने बेलामा मधेश प्रदेशका कुनै पनि सांसदहरूले सरकार परिवर्तन गर्नेकुरा सोच्न पनि नसक्ने मुख्यमन्त्री यादवको जिकिर थियो ।

उनले बजेट ल्याउने बेलामा सरकार परिवर्तन गरिए त्यो मधेश प्रदेशका लागि दुर्भाग्य हुने चेतावनी समेत दिए ।

मुख्यमन्त्री यादवले भने, ‘मलाई विश्वास छ–यो सरकार अगाडि बढ्दैछ । र अहिलेको परिवेशमा यो बजेट सञ्चालनको पिक आवर हो । बजेट बनाउने पूर्वसन्ध्यामा हामी छौं । यसमा कसैले सरकार परिवर्तन गर्ने मनसाय बनाएको रहेछ भने यो प्रदेशका लागि दुर्भाग्य हुन्छ । र यो मधेशका लागि पनि दुर्भाग्य हुन्छ ।  सबै दलका नेता सजग छन् । दलका सांसद मित्रहरू सबै सचेत हुनुहुन्छ । सरकार परिवर्तनमा उहाँहरू लाग्नु हुन्न । त्यो पक्का हो ।’

मुख्यमन्त्री यादवले सबै दलहरू सरकार परिवर्तन गर्न नहुने अडानमा रहेको पनि दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?