+
+
Shares

मधेशका मुख्यमन्त्री यादवका १०० दिन पूरा : ५१ उपलब्धि सार्वजनिक  

आफ्नो सरकारको १०० दिन पूरा भएको अवसरमा मुख्यमन्त्री यादवले यस अवधिका उपलब्धि सार्वजनिक गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १८:५४

३ चैत, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले मंगलबार १०० दिन पूरा गरेको छ । यादवले मंसिर २१ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

आफ्नो सरकारको १०० दिन पूरा भएको अवसरमा मुख्यमन्त्री यादवले यस अवधिका उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर यादवले १०० दिनका उपलब्धि सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री यादवले सुरुआती दिनमा मन्त्रीहरूको पूर्ण चयन नभएको, निर्वाचन आचारसंहिता लागु भएको र संघीय सरकार गठन प्रक्रिया जारी रहेकाले काम गर्न चुनौतीपूर्ण रहेको बताए ।

यद्यपि, ती चुनौतीबिच सरकारले विभिन्न क्षेत्रमा ५१ वटा सुधारका उपलब्धिमूलक काम अघि बढाएको उनले दाबी गरे ।

स्वास्थ्यतर्फ जनकपुर प्रादेशिक अस्पतालमा बिरामीको चाप व्यवस्थापन गर्न घरबाटै टिकट काट्ने व्यवस्था लागु गरिएको, बैंकिङ सेवामार्फत शुल्क भुक्तानी सहज बनाइएको र ल्याब रिपोर्ट अनलाइन उपलब्ध गराउने व्यवस्था सुरु गरिएको दाबी गरे ।

शिक्षा क्षेत्रमा ‘प्रत्येक निर्वाचन क्षेत्र एक नमुना विद्यालय’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा १५ वटा सामुदायिक विद्यालयमा काम सुरु भइसकेको र प्रत्येक विद्यालयमा न्यूनतम ५० लाख रुपैयाँ लगानी भइरहेको बताए ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी असारको रोपाइँअघि नै मल तथा आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्ने र मलमा घटाइएको अनुदान पुनर्स्थापना गर्न संघीय सरकारसमक्ष प्रस्ताव पठाइएको जानकारी दिए ।

सिँचाइ व्यवस्थापनका लागि भूगर्भीय अध्ययन गरी भूमिगत सिँचाइ जोन पहिचान गर्न विशेषज्ञ टोली गठन गरिएको, भूमिगत पानीको सतह घट्दै गएको समस्याको समाधानका लागि नीति बनाएर काम सुरु गरिएको उनको उपलब्धि पत्रमा उल्लेख छ ।

पर्यटन प्रवर्द्धनतर्फ लामो समयदेखि अलपत्र रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अगाडि बढाइएको, पूर्वाधार विकासअन्तर्गत ‘एक निर्वाचन क्षेत्र पाँच किलोमिटर सडक’ योजनाअन्तर्गत पहिलो चरणका काम सम्पन्न भइसकेको र दोस्रो चरण सुरु गर्ने तयारी गरिएको मुख्यमन्त्री यादवको दाबी छ ।

उपलब्धि पत्रमा राम-जानकी रंगशाला निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन प्रक्रिया अघि बढाइएको र भारत सरकारले १६० करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको र बाँकी रकमका लागि संघीय सरकारसँग पहल भइरहेको उल्लेख छ ।

वन व्यवस्थापनतर्फ प्रदेशमा सीमित वन क्षेत्र भए पनि ढला–पडा काठ खेर गइरहेको अवस्थालाई अन्त्य गर्दै ती काठ जनतामा वितरण गर्ने तयारी गरिएको मुख्यमन्त्री यादवले बताए ।

मुख्यमन्त्री यादवले चुनौतीपूर्ण अवस्थाबिच हासिल गरिएका यी उपलब्धिहरू आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनतामा प्रतिफल दिने विश्वास व्यक्त गरेका छन् ।

जेनजीको आन्दोलनमा मुख्यमन्त्री कार्यालय समेत जलाउँदा जिम्मेवारी सम्हाल्दा कार्यालयसमेत नभएको अवस्थामा गृह मन्त्रालयको एउटा कोठाबाट काम सुरु गर्नुपरेको बताए ।

तर मुख्यमन्त्री यादवले गनाएका ५१ उपलब्धि अधिकांश अपुरा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?