+
+
Shares

केरलमा यूडीएफको बहुमत पाएपछि शशिले भने- जनताले परिवर्तनका लागि मतदान गरे

उनले यस नतिजालाई जनताले परिवर्तनका लागि दिएको स्पष्ट जनादेश भएको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केरल विधानसभा निर्वाचनमा कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्टले ९९ सिटमा अग्रता लिँदै स्पष्ट बहुमत प्राप्त गरेको छ।
  • लोकसभा सांसद शशि थरूरले सामाजिक सञ्जाल 'एक्स' मार्फत यसलाई जनताले परिवर्तनका लागि दिएको स्पष्ट जनादेश भएको बताएका छन्।
  • केरलको १४० सिटमध्ये ७१ सिट बहुमतका लागि आवश्यक छ र यसपटक कांग्रेस गठबन्धनले पुनः सत्ता परिवर्तन गर्ने निश्चित भएको छ।

२१ वैशाख, काठमाडौं ।  केरल विधानसभा निर्वाचनको मतगणनामा कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ले स्पष्ट बहुमत प्राप्त गरेपछि कांग्रेस नेता एवं लोकसभा सांसद शशि थरूरले खुसी व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले यस नतिजालाई जनताले परिवर्तनका लागि दिएको स्पष्ट जनादेश भएको बताएका छन्।

थरूरले लेखेका छन्, “केरलमा बिहानैदेखि यूडीएफको शानदार जित देखिँदै आएको छ। आधा मत गणना भइसक्दा हामी १०० भन्दा बढी सिटमा अग्रता लिरहेका छौँ, जुन एक महिनाअघि कसैले सोच्न पनि सकेको थिएन।” उनले कांग्रेस र गठबन्धनका अन्य साझेदार दलहरूले हरेक स्थानमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै मतदाताहरूलाई धन्यवाद समेत दिएका छन्।

१४० सिट रहेको केरल विधानसभामा बहुमतका लागि ७१ सिट आवश्यक पर्छ। हालको रुझान अनुसार कांग्रेस नेतृत्वको गठबन्धन ९९ सिटमा अगाडि देखिएको छ, जुन बहुमतको आँकडाभन्दा निकै माथि हो। सत्तारुढ वामपन्थी गठबन्धन (एलडीएफ) निकै पछि परेसँगै केरलमा पुनः सत्ता परिवर्तन हुने निश्चित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?