News Summary
Generated by OK AI. Editorially reviewed.- संविधान संशोधनका लागि गठित कार्यदलले मंगलबार पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् र पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ।
- प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदलले दिउँसो ३ देखि ५ बजेसम्म परामर्श गर्नेछ।
- कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीले छलफलमा संविधान संशोधनका विषयमा सुझाव संकलन गरिने बताए।
२१ वैशाख, काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागेको हो ।
कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीका अनुसार, छलफलका क्रममा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव समेत संकलन गरिनेछ ।
गत वैशाख १० गते बसेको कार्यदलको बैठकले पूर्व उच्च पदस्थ अधिकारी, पूर्व मुख्य सचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार यो छलफल आयोजना गरिएको हो ।
प्रतिक्रिया 4