+
+
Shares

आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो लुम्बिनी र मधेशमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ।
  • महाशाखाले आज बाँके, दाङ, रुपन्देही, कपिलवस्तु, बारा, पर्सा, रौतहट र आसपासमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको हो ।
  • महाशाखाले हावाहुरीबाट जोगिने उपायहरू अपनाउन सबैलाई अनुरोध पनि गरेको छ।

२२ वैशाख, काठमाडौं । आज दिउँसो लुम्बिनी प्रदेशमा र राति मधेश प्रदेशका जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सूचना जारी गरी आज दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

यसैगरी आज राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

हावाहुरीबाट जोगिने उपायहरू अपनाउन महाशाखाले सबैलाई अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?