
News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकाका दुई अधिकारीलाई अनियमितता र भ्रष्टाचारको उजुरीपछि नियन्त्रणमा लिएको छ।
- उनीहरूबाट मोबाइलसहित थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र उनीहरू हाल बहदुरमाई नगरपालिका कार्यरत रहेको बताइएको छ।
- आयोगले थप अधिकारीहरूलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ।
६ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको छ ।
नगरपालिकाका विभिन्न योजना स्वीकृति, कर्मचारी नियुक्ती लगायतका कार्यमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
श्रीवास्तव र साह हाल पर्साकै बहदुरमाई नगरपालिका कार्यरत थिए । श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोक र साहलाई वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरबाट नियन्त्रणमा लिइएको अख्यियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।
उनीहरुका साथबाट अख्तियारको मुख्य कार्यालय टंगालबाट खटिएको टोलीले ४ थान मोबाइलसमेत बरामद गरेको जनाएको छ ।
यस्तै पोखरिया नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र सोही नगरपालिकाकै वडा नम्बर २ का सचिव ओम प्रकाश चौरसियालाई दुई थान मोबाइल सहित अनुसन्धानका लागि नियन्त्रणमा लिएको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।
प्रतिक्रिया 4