+
+
Shares

नेपाली सेनाको भूमिकाबारे बादलले उठाए गम्भीर प्रश्न

उनले सेनाको भूमिकाबारे अर्को प्रश्न पनि गरे, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुमवासी बस्तीहरूमा किन परेड खेल्दैछ ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले संसदीय दलका नेता रामबहादुर बादलले नेपाली सेनाको भूमिकालाई लिएर प्रतिनिधिसभामा गम्भीर प्रश्न उठाएका छन्।
  • बादलले भने, 'देश खरानी हुँदा र परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमयी ढंगबाट किन मुक दर्शक बन्यो?'
  • रास्वपा र राप्रपाका सांसदहरूले बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्।

२९ वैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर बादलले नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।

‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमयी ढंगबाट किन मुक दर्शक बन्यो ?’ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले भने ।

नेता बादलले प्रतिनिधिसभामा दलको तर्फबाट बोलेका हुन् । सभामा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो । यसअन्तर्गत एमालेको तर्फबाट प्रतिनिधिसभाको रोष्ट्रम प्रयोग गरेका एमाले नेता बादलले सेनाको भूमिकाबारे प्रश्न उठाएका हुन् ।

उनले सेनाको भूमिकाबारे अर्को प्रश्न पनि गरे, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुमवासी बस्तीहरूमा किन परेड खेल्दैछ ?’

सेनाबारे एमाले नेता बादलले गरेको यस्तो टिप्पणीको सदनमै आलोचना भएको छ । रास्वपाका सांसद मनिष खनाल र राप्रपाकी सांसद खुस्बु ओलीले बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनै माग गरेका छन् ।

‘नेपाली सेनाबारे गरिएको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन । राष्ट्रिय मनोबलमाथिको प्रहार हो । यो उहाँबाट निरन्तर भइरहेको छ त्यसमा म खेदल प्रकट गर्न चाहन्छु’ रास्वपाकी सांसद ओलीले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?