+
+
Shares

विपद् प्रतिकार्य अभ्यास हातेमालो सुरु

 विपद् व्यवस्थापन सम्बन्धी भइरहेका गतिविधिहरुको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवम् सरोकारवाला निकायहरुबीच समन्वय र सहकार्यलाई प्रभाकारी बनाउने उदेश्यले अभ्यास हातेमालोको आठौं संस्कर सुरु गरिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सैनिक मुख्यालय जंगी अड्डाले विपद् प्रतिकार्य अभ्यास हातेमालोको आठौं संस्करण सुरु गरेको छ।
  • उपरथी अनुप जंग थापाले अभ्यास हातेमालोको सुभारम्भ गरेका हुन्।
  • यो अभ्यास तीन दिनसम्म मनसुनको समयमा सम्भावित बाढी र पहिरोको परिदृश्यमा सञ्चालन हुनेछ।

२१ वैशाख, काठमाडौं । विपद् प्रतिकार्य अभ्यास हातेमालो सुरुवात भएको छ । विपद् व्यवस्थापन सम्बन्धी भइरहेका गतिविधिहरुको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि एवम् सरोकारवाला निकायहरुबीच समन्वय र सहकार्यलाई प्रभाकारी बनाउने उदेश्यले अभ्यास हातेमालोको आठौं संस्कर सुरु गरिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।

युद्धकार्य महानिर्देशक उपरथी अनुप जंग थापाले अभ्यास हातेमालोको सुभारम्भ गरेका हुन् । नेपाली सेनाको समन्वय र गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाले आर्थिक वर्ष २०७५÷०७६ मा अभ्यास हातेमालो–१ प्रदेश तहमा सञ्चालन गरेको थियो ।

त्यसपछि जंगी अड्डामा वार्षिक रुपमा यस अभ्यास हुँदै आएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित बाढी, पहिरोको परिदृश्यमा आधारित रही तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।

त्यसपछि क्रमिक रुपमा प्रादेशिक र जिल्लास्तरमा सञ्चालन गरिने जंगी अड्डाले बताएको छ । कार्यक्रममा रथीहरु, विभिन्न मन्त्रालय, गैरसरकारी, राष्ट्रि तथा अन्तराष्ट्रिय निकाय र अन्य सुरक्षा निकायका प्रतिनिधिहरु र नेपाली सेनाका अधिकृतहरुको उपस्थित थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?