
१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि आज बजेट प्रस्तुत गर्दै छ । बजेट प्रस्तुतको लागि आज अपराह्न ४ बजे मधेश प्रदेश सभाको बैठक डाकिएको छ।
आगामी आर्थिक वर्षको लागिएको मधेस सरकारले ४६ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको स्रोतले जनाएको छ । गत वर्षभन्दा २ अर्बभन्दा बढी बजेट ल्याउन लागेको स्रोतको दाबी छ ।
मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी रहेको छ ।
गत वर्ष सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ४३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको थियो ।
मधेश सरकारले यस वर्ष पनि सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार निर्माणको लागि ल्याउन लागेको हो ।
गत जेठ २३ गते मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार नै बजेट विनियोजन गरी ल्याउन लागेको एक अधिकारीले बताए ।
मधेश सरकारले यसपटक सांसदलाई अघोषित रूपमा पाँच करोडसम्मको बजेट दिन लागेको छ ।
प्रतिक्रिया 4