+
+
Shares

मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशमा ४९ सशस्त्र प्रहरी जवानलाई ११ हप्ते विपद् व्यवस्थापन तालिम दिइएको छ र यसले मनसुन र विपद्‌मा हुने क्षति न्यूनीकरणमा मद्दत पुर्‍याउनेछ।
  • तालिममा सडक, हवाई दुर्घटना, आगलागी, उद्दार, शव व्यवस्थापन र जलजन्य प्रकोप जस्ता विषयहरूमा व्यावहारिक र सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो।
  • सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनका लागि आधुनिक उपकरणहरूको प्रदर्शन गरेको र देशभरका स्थानीय तहमा विपद् स्वयंसेवक टोली गठनको योजना अघि बढाएको छ।

२ जेठ, जनकपुरधाम । मनसुन तथा विपद्‌मा हुने क्षति न्यूनीकरण गर्न मधेशमा ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते विपद् व्यवस्थापन तालिम प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीको बरमझियामा सशस्त्र प्रहरी जवानदेखि सहायक निरीक्षक दर्जाका ४९ जनालाई तालिम दिइएको हो ।

आज अन्तिमदिन विपद् व्यवस्थापन तालिम डेमो प्रदर्शनसहित समापन भएको छ ।

सशस्त्र प्रहरीका नायव महानिरीक्षक (डिआईजी) कृष्ण ढकालको प्रमुख आतिथ्यमा५९ औं श्रृंखलाको उक्त तालिम समापनको घोषणा गरिएको हो ।

प्रशिक्षार्थीहरूलाई सडक तथा हवाई दुर्घटना, आगलागी नियन्त्रण (फायर फाइटिङ), डोरीको सहायताबाट उद्दार (रोप रेस्क्यू), शव व्यवस्थापन, जलजन्य प्रकोप उद्दार, बन्दोबस्ती व्यवस्थापन लगायतका विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र तालिमको ट्याग प्रदान गर्दै डिआइजी ढकालले तालिममा सिकिएको ज्ञान र सीपलाई व्यवहारमा उतार्नु पर्ने बताउँदै मनसुन नजिकिएकाले सबैलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।

उनले सशस्त्र प्रहरी बलको योजना अनुसार देशभरका सबै स्थानीय तहका वडामा विपद् व्यवस्थापन स्वयंसेवक टोली गठनको अवधारणा कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै मधेश प्रदेशका आठवटै जिल्लामा यो कार्यक्रम तदारुकताका साथ अघि बढाइने प्रतिवद्धता जनाए।

कार्यक्रममा तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले उक्त शिक्षालयमा विपद् व्यवस्थापन, वाटर रेस्क्यू, प्रतिविद्रोह र विशेष कार्यसम्बन्धी तालिमहरु नियमित रूपमा सञ्चालन हुँदै आएको जानकारी गराए।

सो अवसरमा सशस्त्र प्रहरीद्वारा विपद् प्रतिकार्यमा प्रयोग हुँदै आएका विभिन्न आधुनिक उपकरण तथा सामग्रीहरूको प्रदर्शन पनि गरिएको थियो।

विगतमा चितवनको कुरिनटारमा मात्र सञ्चालित विपद् व्यवस्थापन तालिम हाल बरमझिया र पोखरा तालिम शिक्षालयमा समेत विस्तार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। अघिल्ला वर्षहरूमा देखिएका विपद्का घटनाहरूको विश्लेषणका आधारमा सशस्त्र प्रहरी बलले विपद् न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि देशभरका युनिटहरूमा व्यापक तयारी थालेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?