+
+
Shares

सबैला नगरपालिकाले ७२ शिक्षकको विज्ञापन गर्दा ३२ जना मात्र पास

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते ११:००
सबैला नगरपालिकाले छनोट गरेका शिक्षकहरुलाई नियुक्तिपत्र सहित गत बुधबारदेखि जिम्मेवारीमा खटाएको छ ।

९ जेठ, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले सामुदायिक विद्यालयहरुका लागि एकैपटक ३२ जना शिक्षक भर्ना गरेको छ । शिक्षक अभावमा पठनपाठन प्रभावित हुन थालेपछि नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८१ बनाएर विज्ञापन गरी खुल्ला प्रतिस्पर्धा मार्फत शिक्षक छनोट गरिएको हो ।

पालिका भित्र रहेका २५ वटा सामुदायिक विद्यालयमा विभिन्न विषयका ७२ शिक्षक पदपूर्तिका लागि चैत २७ गते विज्ञापन गरिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साविर कुमार महतोका अनुसार ७२ शिक्षकका लागि २ सय आवेदन परे पनि १९८ वटा मात्र स्वीकृत भएको थियो ।

तीमध्येबाट ३२ जना शिक्षक छनोट गरिएको प्रशासकीय अधिकृत महतोले बताए । ‘७२ शिक्षकका लागि विज्ञापन गरिए पनि प्रतिस्पर्धामा ३२ जना मात्र उत्तीर्ण हुन सफल भए । अन्य फेल भएकाले सबै पदपूर्ति हुन सकेन’ उनले भने ।

शिक्षकका बाँकी पद पूर्तिका लागि फेरि विज्ञापन गरिने नगरपालिकाले जनाएको छ । छनोट भएका शिक्षकहरुलाई नियुक्तिपत्र सहित गत बुधबारदेखि जिम्मेवारीमा खटाइएको छ ।

नगरपालिकाका मेयर कारीराम यादवका अनुसार नगर शिक्षक अनुदान कोटामा शिक्षक पदपूर्ति गरिएको छ । त्यसका लागि पालिकाबाट ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षकलाई निरन्तरताका लागि अगामी वर्षमा पनि यसैगरी बजेट विनियोजन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?