+
+
Shares

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा

पार्टी अध्यक्ष प्रचण्डकै निर्देशनमा उनले राजीनामा दिएको स्रोतको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते ७:४२

२० जेठ, जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् ।

साहले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन् । स्रोतका अनुसार उनलाई राजीनामा पत्र बुझाउन प्रचण्डले नै निर्देशन दिएका थिए ।

साहलाई दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए । मधेशमा माओवादीका ९ जना सांसद रहेका छन् ।

प्रदेशका सांसदले दबाब दिए पनि साहले भने अध्यक्ष प्रचण्ड र उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज मातृकाप्रसाद यादवको साथ पाएकाले राजीनामा नदिने अडानमै थिए । तर, केही समयअघि पार्टीप्रति आघात  पुग्ने काम गरेको उजुरी अध्यक्ष प्रचण्डसमक्ष परेको थियो । त्यसपछि अध्यक्ष प्रचण्डले नै दलको नेताबाट राजीनामा दिन निर्देशन दिएको खुलेको छ ।

आफ्नो अडानमा कायम रहेका उनले अध्यक्ष प्रचण्डले नै निर्देशन दिएपछि भने राजीनामा दिएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?