+
+
Shares

मधेशका बालबालिकालाई गराइयो नमूना संसद अभ्यास

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते ९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका २४ बालबालिकालाई नमूना बाल संसद अभ्यास गराइएको छ।
  • कार्यक्रमको उद्देश्य नेतृत्व विकास, संघीय प्रणालीको व्याख्या र सकारात्मक सोच प्रवर्द्धन हो।
  • अभ्यास तीन दिनसम्म चलेको थियो ।

५ जेठ, जनकपुरधाम । संघीयताप्रति सकारात्मक सोचको विकास गर्ने उद्देश्यले मधेश प्रदेशका २४ जना बालबालिकालाई नमूना बाल संसद अभ्यास गराइएको छ ।

सेभ द चिल्ड्रेनको सहकार्य तथा आसमान नेपालको आयोजनामा नेतृत्वदायी भूमिकाको विकास गर्न मधेशका प्रत्येक जिल्लाबाट बाल क्लबमा आवद्ध तीनजनालाई संसद सम्बन्धी तीनदिने अभ्यास गराइएको हो ।

बालबालिकामा नेतृत्व विकास गर्नुका साथै संघीय प्रणाली कसरी सञ्चालन हुन्छ, संघीयताप्रति व्याप्त भ्रम हटाउनु, सकारात्मक सोच बढाउनु र राजनीति, सरकार तथा नेतृत्वप्रति सचेत गराउनु उद्देश्यले नमूना बाल संसद अभ्यास गराइएको कार्यक्रमका संयोजक अरविन्द यादवले जानकारी दिए ।

१५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै महोत्तरीको बर्दिबासस्थित एक होटेलमा आयोजित तीनदिने अभ्यासमा प्रशिक्षक रक्की प्रसाद साहले संसद सञ्चालनसम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको समापन आइतबार नेकपा एमालेकी प्रदेश सांसद तथा बाल अधिकारका लागि संसदीय मञ्च मधेश प्रदेशकी अध्यक्ष शारदा देवी थापाले गरिन् ।

आसमान नेपालको कोषाध्यक्ष रेखा साहको अध्यक्षतामा भएको समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?