+
+
Shares

जेनजी प्रदर्शनमा भागेका कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी पर्साबाट पक्राउ

भदौ २४ गते केन्द्रीय कारागार जगनाथदेवल, काठमाडौंबाट भागेका पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का कुर्मीलाई उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते २०:०२

८ असोज, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट भागेका एक कैदीबन्दी पर्साबाट पक्राउ परेका छन् ।

आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेपछि कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका मुक्तिनारायण कुर्मी कारागारबाट भागेकोमा इलाका प्रहरी कार्यालय पोखरिया, पर्साको टोलीले पक्राउ गरेको हो ।

भदौ २४ गते केन्द्रीय कारागार जगनाथदेवल, काठमाडौंबाट भागेका पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का कुर्मीलाई उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कर्तब्व ज्यानको मुद्दामा कुर्मीमाथि जिल्ला अदालत पर्साले २५ वर्ष कैद सजायको फैसला गरेको थियो ।

पक्राउ परेका कुर्मीलाई केन्द्रिय कारागारमा पठाउने तयारी भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?